चाडबाडको खर्च जुटाउन भारत जाने युवाको लर्को

काठमाडौं, ५ भदौं । मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा

कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गनेर्  ने पालीको  लकोर्  देख्न पाइन्छ । साविकको मध्यपश्चिम क्षेत्रका जाजरकोट, दै ले ख, रुकुम, रो ल्पा, कालीको ट, सल्यान, प्युठान र दाङ्गका मानिसहरु समूह बनाएर भारततिर गइरहे का छन् । वषेर् बाली लगाउन घर आएकाहरु पुनः मजदुरीका लागि भारत फर्किएका छन् ।

‘घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ’, नेपालगञ्ज भन्सार नाकामा आफ्नो बाध्यता सुनाउँदै जाजरकोट छेडागाड नगरपालिकाका मानसिंह नेपालीले भने ।

घरबाट बिदाइको हात हल्लाएर निस्कने उनी मात्रै होइनन् । मानसिंहसँग गाउँका अन्य २०–२५ जना युवा पनि थिए । रोपाईको काम सकिएपछि उनीहरु कमाउने ठूलो आश बोकेर भारततर्फ लागेका छन् । ‘यो बेला अब त्यतिधेरै काम पनि हुँदैन’, सोही ठाउँका मंगल पुनले भने, ‘अब एकैचोटी चाडपर्वमा फर्किने गरी कमाउनका लागि गइरहेका छौं ।’ उनीसँगै आएका सबै युवा भारतको सिमला, कालापहाड लगायतका ठाउँमा काम गर्न गएका हुन् ।

रोपाईको काम सकिएपछि अहिले धमाधम युवा जनशक्ति भारत पलायन भइरहेको छ । मौसमअनुसार मजदूरी गर्न नेपाली युवा धमाधम भारत पस्न लागेका हुन् । अहिले भारत जाने त्यस्ता युवाको नेपालगञ्ज भन्सार नाकामा लर्को लाग्ने गरेको छ । गाउँघरमा खेतीपातीको काम सकिएसँगै रोजगारीको व्यवस्था नरहेकाले भारत जान लागेको मानसिंहले बताए ।

‘घरमा खेतीपातीको काम सकिएको छ’, उनले थपे, ‘अलिअलि बाँकी रहेका काम घरपरिवारका अरु सदस्यले गरी हाल्छन् । हामी अब एकैचोटी दशैं–तिहारमा मात्रै उताबाट फर्किन्छौं ।’ सङ्घ तथा प्रदेश सरकारले युवा वर्गलाई प्रदेशमै रोजगारीको अवसर सिर्जना गरी भारत जाने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आए पनि रोजगारीको खोजीमा भारत जानेको संख्या घट्न सकेको छैन ।

रोपाईको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरु भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि जाने गरेका छन् । खास गरेर उनीहरु स्याउ टिप्ने, घाँस काट्ने लगायतको कामका लागि जाने गरेको मानसिंह बताउँछन् । साउनमा गएकाहरु तीन–चार महिना काम गरेर दशैंतिहारमा फर्किन्छन् । उहाँका अनुसार चार–पाँच महिना काम गर्न पाएमा चाडपर्वका बेला भारु ४०–५० हजार जोगाएर ल्याउन सकिन्छ ।

पहिले पनि सिमला गइसकेको उनले भने, ‘काम राम्ररी गर्न पाइयो भने कमाइ पनि राम्रै हुन्छ तर, राम्ररी काम गरिएन भने भारु २०–२५ हजार लिएर आउनुपर्छ ।’ घरको आर्थिक अवस्था कमजोर भएर विदेशमा मजदुरी गर्न जान उनीहरु बाध्य भएका हुन् । चाडपर्व र खेतीपातीको काम सकिएपछि कामको खोजीमा दिनहुँ धेरै व्यक्ति भारततर्फ पलायन भइरहेका छन् ।

खेतीपातीको काम सकिएकाले केही कमाउने आशमा भारत जान लागेको सुर्खेत सिम्ता गाउँपालिकाका हरिश महताराले बताए । ‘अब एकैचोटी चाडपर्व मनाउनका लागि फर्किन्छौ’, उनले भने । सिमलामा स्याउ टिप्ने र बोक्ने काममा जान लागेको उनले बताए । भारत जानेमा उनीहरुमध्ये कोही यसअघि पनि त्यहाँ गएर काम गरिसकेका छन् भने कोही पहिलो पटक जाँदैछन् ।

५० वर्ष नाघिसकेका सुर्खेत चिङ्गाड गाउँपालिकाका आइते नेपाली गाउँघरमा रोजगारीको व्यवस्था नरहेकाले केही कमाउने उद्देश्यले विगतदेखि नै भारतमा गएर मौसमी काम गर्दै आइरहेका छन् । उनले भने, ‘गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी सधैं जानु पर्दैनथ्यो ।’ आफ्नो  उत्पादनले  वर्षभरि खान नपुग्ने  भएपछि मध्यपश्चिमका पहाडी जिल्लाका ने पालीहरु प्रायः भारतमा मजदूरी गर्नकै लागि जाने गर्छन् ।

सल्यान बनगाड कुपिन्डे नगरपालिकाका बलबहादुर बिष्टले वर्षेनी बाली लगाउन आएको  र सिद्धिएपछि काममा फर्किएको  बताए । घरको आर्थिक अवस्था नाजुक भएका कारण मजदुरी गर्न भारत जान लागेको उनको भनाइ छ । ‘राम्रो काम पाएपछि धेरै समय बस्ने गरी गइरहेको छु’, उनले भने, ‘कहिले फर्किने भन्ने निश्चित छैन ।’ पहाडी जिल्लाबाट युवा वर्ग भारत पसेपछि गाउँ नै सुनसान हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्