संसदमा डा. बाबुराम भट्टराईको सिट सर्‍यो


५ भाद्र २०७६, बिहीबार
baburam

काठमाडौं, ५ भदौं । प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सिट सरेको छ । उनी सभामुखको दायाँतर्फ सत्तापक्षको लहरको कुर्सीमा बस्न थालेका छन् ।

निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको पत्राचार गरेसँगै बाबुराम भट्टराई सत्तारुढ सांसद बनेका छन् ।

उनी प्रतिपक्षी राजपाका सांसदसँगै प्रतिपक्षीको लहरमा बस्दै आएका थिए । एकीकृत भएर बनेको समाजवादी पार्टी हाल सरकारमा सहभागी छ । उनी सत्तापक्षको लहरमा बस्न थालेका हुन् ।

सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले पार्टी एकीकरण भइसकेको भन्दै केही दिनअघि सभामुखलाई बाबुराम भट्टराईको सिट देखाई दिन आग्रह गरेका थिए ।

सभामुखको कुर्सीमा रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले निर्वाचन आयोगको पत्र नआएको बताएकी थिइन् । प्रतिनिधि सभाको शून्य समयमा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले भट्टराईलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७