रवि लामिछानेलाई जब्बरजस्ती पत्रकार बनाइँदैछ : किशोर श्रेष्ठ


५ भाद्र २०७६, बिहीबार
Rabi vs Kishwor

काठमाडौं, ५ भदौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठले रवि लामिछाने पत्रकार नभएको बताएका छन् ।

पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले लामिछाने पत्रकार नै नभएको बताएका हुन् । पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा श्रेष्ठले रवि आफैंले विगतमै म पत्रकार होइन भनिसकेको बताउँदै अहिले उनलाई जब्बरजस्ती पत्रकार बनाइँदै गरेको बताए ।

मेन स्ट्रिमका सबै मिडियाले रविलाई टिभि कार्यक्रम प्रस्तोता भनेर लेखेको भन्दै अध्यक्ष श्रेष्ठले आफैले म पत्रकार होइन भनिसकेको अवस्थामा जब्बरजस्त पत्रकार बनाइनु गलत भएको बताए । उनले भने, ‘सूचना विभागलाई न्यूज २४ ले पठाएको विवरणमा रविको कर्मचारी नम्बर १९ भनेको छ । एउटा विदेशी कर्मचारी कसरी हुन्छ ? श्रम इजाजत पनि थिएन । उहाँले मलाई कसले छुन सक्छ भन्दै सिस्टमलाई च्यालेन्ज गर्नुभयो ।’

अध्यक्ष श्रेष्ठले थपे, ‘उहाँ चाहिं के कानून भन्दा माथि हो ? उहाँको बारेमा छानविन गर्न नपाउनु ? कानुन तोडेर बस्ने मान्छे उहाँ चाहिं के त ? अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ?’ आज नेपाली जनता रविको पक्षमा छन्, सडकमा छन् भन्ने ऋषि धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘सडकमा आउन नेपालमा छुट छ नि ! विचार राख्न छुट छ । लोकतन्त्र मानिएको देश ।

हिजोजस्तो अभिव्यक्ति स्वतन्त्रा छ । अन्त कतै नभएको पूर्ण प्रेस स्वतान्त्रता छ । संविधानको धारा २७ ले सूचनाको हकसँगै धारा २८ ले गोपनीयताको हक पनि दिएको छ । तपाईले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार स्वतन्त्रता उल्लंघन गर्न पाउनु हुन्न ।’

उनले भने, ‘रवि लामिछाने निष्पक्ष हो उसलाई जोगाउनु पर्छ भनिरहँदा यसलाई चाँहि जिउँदै आगो लगाएर मार्छु भनेर तपाईले भन्न पाउनु हुन्न । त्यस्तो भनिएको भिडियो आएको छ । प्रचण्डलाई त्यस्तो भनिएको छ जो देशको दुई पटक प्रधानमन्त्री बन्नु भएको छ । प्रचण्डको छोरी जनताबाट निर्वाचित मेयर र दानबहादुर मल्ल राज्यले पत्याएर पठाएका एसपी हुन् ।’

उनले अन्तरवार्तामा भने, ‘अनि उहाँलाई हिरासतमा बस्नु प¥यो भनेर त्यसको काउन्टरको रुपमा किशोर श्रेष्ठ, दानबहादुर मल्ललगायतलाई अर्को मुद्दा लगाएर अल्झाई दिउ भनेर हुन्छ ।’ रविलाई बचाउन प्रेस काउन्सिल, पत्रकार महासंघ किन लागेन भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले रवि आफैले आफैलाई पत्रकार नभएको भनिसकेको अवस्थामा यसमा आफू लाग्नु पर्ने आवश्यकता नदेख्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७