चार विश्वविद्यालयका कार्यवाहक उपकुलपति तोकियो, त्रिविमा सुधा त्रिपाठी


५ भाद्र २०७६, बिहीबार
tu sudha

काठमाडौं, ५ भदौं । त्रिभुवन विश्वविद्यालयलगायतका अन्य विश्वविद्यालयमा कार्यवाहक उपकुलपति तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयका हालका कुलपति प्राडा तीर्थ खनियाँको कार्यकाल शनिबारबाट रिक्त हुने भएकाले सो पदमा प्रा.डा. सुधा त्रिपाठीलाई कार्यवाहक दिइएको छ ।

त्यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका कार्यवहाक उपकुलपतिमा रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा शरदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियालाई कार्यवाहक तोकिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

त्यस्तै त्रिविको उपकुलपतिको नाम सिफारिसका लागि गठित समितिको अवधि आगामी २० गतेसम्मका लागि थप गरिएको छ । त्यस्तै अन्य विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि पनि समिति गठन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७