अक्षय कुमार धेरै कमाई गर्नेमा फोर्ब्सको चौथो स्थानमा, सलमान–शाहरुख परेनन्


५ भाद्र २०७६, बिहीबार
akshya

काठमाडौं, ५ भदौं । भारतीय अभिनेता अक्षय कुमार विश्वका बढी कमाई गर्ने कलाकारहरुको तालिकामा चौथो स्थानमा परेका छन् । जुलाई महिनाको कमाई निकाल्दै फोर्ब्सले अक्षयलाई चौथो स्थानमा सूचीकृत गरेको छ ।

उनले ६ करोड ५० लाख डलर कमाई गरेका छन् । उक्त कमाई जुन १, २०१८ देखि जुन १, २०१९ सम्मको रहेको फोर्ब्सले उल्लेख गरेको छ । अक्षयले गएको बर्ष एउटा चलचित्रका लागि ३४ करोड देखि ६८ करोड भारतीय रुपैंयाँ लिएको पनि जनाइएको छ । सन् २०१९ मा अधिक पारिश्रमिक लिने सेलिब्रिटीहरुमा अक्षय ३३ औं स्थानमा छन् ।

उक्त तालिकामा भने सलमान खान र शाहरुख खान परेका छैनन् । शाहरुख खान सन् २०१७ देखि फोर्ब्समा छैनन् भने सलमान खान यो बर्ष परेनन् । दुवैका चलचित्रहरुले खासै कमाई नगरेकाले उक्त तालिकामा पर्न सकेनन् । उक्त तालिकाको पहिलो स्थानमा ड्वेन जोनसन छन् । उनले ८ करोड ९४ लाख डलर कमाई गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७