खासमा प्रधानमन्त्री ओली र नेपालबीच के भएको थियो ?

मरिहालोस् भन्नेको स्वास्थ्यलाभको कामना चाहिन्न : प्रधानमन्त्री, नेपाल- ‘तपाईं यति आपराधिक र निच ढंगले पनि सोच्नुहुन्छ ?’


६ भाद्र २०७६, शुक्रबार
MK Nepal and KP Oli
k|wfgdGqL cf]nL kqsf/ ;Dd]ngdf k|wfgdGqL s]kL zdf{ cf]nL rLgsf] 5 lbg] cf}krfl/s e|d0f k”/f u/L cfOtaf/ :jb]z cfO{k’u]kl5 lqe’jg cGt/f{li6«o ljdfg:yndf cfof]lht kqsf/ ;Dd]ngdf g]skfsf jl/i7 g]tf dfwjs’df/ g]kfn;+u enfs’;f/L ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ५ भदौ :  विहिबार अर्थात् ५ भदौ २०७६ मा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक निकै चर्चित रह्यो । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानअघि बसेको सचिवालय बैठक लगत्तै केही समाचारहरु आए । समाचारमा भनिएको थियो, ‘वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना समेत गरेनन् ।’

यसअघि १८ साउन २०७६ मा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए ।  नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले केही समय बस्न भनेका थिए । तर, ओलीले आफ्नो कामहरु सकेर उपचारको लागि फर्किने वाचा गरेर आएका थिए । निकै लामो उपचारको लागि सिंगापुर जान अघि नेकपाको सचिवालय बैठक बसेको थियो । 

भनाभनको पृष्ठभुमि

अघिल्लो दिन अर्थात् ४ साउनमा बसेको बैठक पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दोहोरो भनाभनको बीचमा नै सकिएको थियो ।वरिष्ठ नेता नेपालले राखेको सातबुँदे नोट अफ डिसेन्ट (असहमतिपत्र) को वैधानिकतामाथि अध्यक्ष ओलीले प्रश्न उठाएपछि दुई नेताबीच भनाभन भएको थियो । 

सचिवालय बैठकमा अध्यक्ष ओलीले वामदेव गौतमलाई उपाध्यक्ष र झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी निर्णय सर्वसम्मत भएको भन्दै आन्तरिक विषयलाई छरपस्ट बनाउनु बेठीक भएको तर्क गरेका थिए ।

जवाफमा वरिष्ठ नेता नेपालले नवौँ महाधिवेशनको वरीयतालाई आधार मानेर खनालका बारेमा निर्णय हुँदा अन्य नेतामाथि अन्याय हुन नहुने विषय मात्र नोट अफ डिसेन्टमा उठाएको उनको तर्क थियो ।

उनले भनेका थिए, ‘एमालेको नवौँ महाधिवेशनपछिको वरीयतालाई आधार मानेर झलनाथ कमरेडलाई अध्यक्षपछिको मर्यादाक्रममा राख्ने उचित निर्णयलाई मैले सर्वसम्मत स्वीकार गरेको हुँ । तर त्यही कमिटीका महासचिव नेकपाको सचिवालय सदस्य हुने, उपमहासचिव महासचिवमा बढुवा हुने, उहाँहरूभन्दा सिनियर त्यतिवेलाका तीनजना उपाध्यक्ष र एकजना उपमहासचिवलाई चाहिँ सचिवालयमै राख्न नहुने ?’ बुधबार भनाभनको अवस्थापछि बैठक स्थगित भएको थियो । 

भएको के थियो ?

यही पृष्ठभुमीमा विहिबार बिहान पनि सचिवालय बैठक भएको थियो । बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले आफू सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा आफूसँग सहमति लिएर पार्टीले निर्णय गर्ने सक्ने बताएका थिए । ओलीले सहमतिमा अघि बढ्नु पर्ने बताएका थिए । 

अध्यक्ष ओलीको भनाईलाई वरिष्ठ नेताले प्रतिवाद गरेका थिए । नेता नेपालले भनेका थिए, ‘सहमतिको कुरा कहाँबाट आयो यहाँ ? आफूले चाहिँ निर्णय गर्ने, अरुलाई सहमतिमा निर्णय गर्नु भन्ने ?’ 

वरिष्ठ नेता नेपालको प्रतिवादपछि अध्यक्ष ओलीले कड्एिर भने, ‘अध्यक्ष तपाईं हो कि  ? म हुँ । त्यसकारण मेरो सहमतिमा काम हुनुपर्छ ।’ अध्यक्ष ओली कड्किएपछि वरिष्ठ नेता नेपालले भनेका थिए, ‘यहाँ सबै बराबर हौँ हामी। कोही तलमाथि छैन। तपाई खाली निहुँ मात्रै खोज्नुहुन्छ। सबैले भोट बराबरी पाएको हो ।’

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भनाभ भएपछि महासचिव विष्णु पौडेलले अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरौं भने प्रस्ताव राखेका थिए ।  उनले भनेका थिए, ‘आज अध्यक्ष ज्यूलाई स्वास्थ्यलाभको शुभकामना दिन बैठकमा आएका हौँ हामी। वादविवाद छोडौँ।’ यसपछि वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए । उनले भने, ‘ठीक छ, त्यसमा कसको असहमति छ र? ल मेरो पनि स्वास्थ्यलाभको शुभकामना छ, अध्यक्षज्यूलाई ।’

वरिष्ठ नेता नेपालले स्वास्थ्य लाभको कामना गरेपनि अध्यक्ष ओली भने झनै क्रूद्ध भए । उनले भने ‘तपाईको स्वास्थ्य लाभको कामना चाहिन्न मलाई, मरिहालोस् भन्नेको स्वास्थ्यलाभको शुभकामना कसरी लिनु ?’

यसपछि नेता नेपालले त्यस्तो आपराधिक ढंगबाट नसोच्न भनेका थिए । नेपालले भनेका थिए, ‘त्यस्तो आपराधिक ढंगबाट सोच्ने मलाई? त्यस्तो निच ढंगले सोच्न मिल्छ ?’ 

ओलीको यो भनाईंमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्यहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आपत्ती जनाएका थिए। उनीहरुले स्वास्थ्य लाभको कामना गर्दा पनि चाहिँदैन भन्न नहुने भन्दै प्रधानमन्त्रीलाई भनेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७