काभ्रेलाई प्रदेश राजधानी बनाउन पहल शुरु


५ पुष २०७४, बुधबार
kavrepalanchowk

बनेपा : काभ्रेपलाञ्चोकलाई प्रदेश १ को राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् । प्रादेशिक राजधानीका लागि सिफारिश समिति नै निर्माण गरेर काम थालिएको क्षेत्र नं बाट प्रतिनिधिसभामा निर्वाचिन गंगाबहादुर तामाङले जानकारी दिए ।kavrepalanchowk

क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले प्रदेशसभाको सबै विषय निक्र्यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिँदै बनेपा नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताए ।

काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोटसमेत सहमत भएको र अन्य जिल्लालाई सहमतिमा ल्याउने प्रयास समेत भएको बताइएको छ ।

प्रादेशिक राजधानी बनाउन पूर्वाधार विकासका साथसाथै प्रदेशसभाका लागि स्थल छनोटलगायतका काम पनि भइरहेको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ ।

क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुखलगायत छन् ।

समितिले प्रदेश सभाका लागि बनेपानजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरिएको शहरी विकास डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।

केही दिनअघि पूर्वाधार विकासका लागि र३१ करोडको हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालयमा पठाइएको छ ।

कांग्रेस काभ्रेका महेश पौडेलले प्रदेशको राजधानी जिल्लालाई बनाउन पार्टी सकारात्मक भएको उल्लेख गर्दै बल एमालेको कोर्टमा भएको बताए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७