वैठक चलिरहेकै बेला सभामुखले चुसाए बच्चालाई दूध, भिडियो बन्यो भाइरल


६ भाद्र २०७६, शुक्रबार
New Zealands Parliament feeding

न्यूजिल्याण्ड, ६ भदौं । विश्वमा एउटा न एउटा अनौठा घटनाहरु घटिरहेका हुन्छन् । यस्तै घटना न्यूजिल्याण्डको संसदमा घटेको छ । संसद भन्दा यहाँ कुनै तोडफोड भएर चर्चा भएको होइन, एक बच्चालाई दूध चुसाएको भिडियोकै कारण न्यूजिल्याण्डको संसद वैठक अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

यसरी भिडियोमा भाइरल भएका व्यक्ति हुन् न्यूजिल्याण्ड संसदका सभामुख । यो बुधबारको घटना हो । सांसदहरूले तर्कवितर्क गरिरहेका बेला सभामुख ट्रेभर मालार्डले आफ्नो काखमा एक बच्चा राखेका थिए र उसलाई बोतलबाट दूध खुवाइरहेका थिए ।

Viral Pictures of New Zealands Parliament Speaker 2

डेढ महिनाको ती बालक सत्तारूढ लेबर पार्टीकी सांसद तमाटी कोफीमा छोरा हुन् । सांसद कोफी बच्चा समाएरै बहस गर्न थालेपछि सभामुखले आफूले बच्चा समाई दिने बताएका थिए । सभामुख मालार्ड साँझ ट्वीट गर्दै सभामुखको कुर्सीमा प्रायः जिम्मेवार अधिकारी मात्र बस्छन् । तर आज मसँग एक जना भिआइपी पनि कुर्सीमा बसे भन्दै फोटोसहितको ट्वीट गरेका छन् ।

मालार्डले ती बच्चालाई दूध खुवाइरहेको भिडिओ पनि सार्वजनिक भएको छ । भिडिओ अहिले भाइरल बनिरहेको छ । धेरैले उनको यो कामको तारिफ गरेका छन् ।

t

मालार्डले दुई वर्षअघि संसदलाई बच्चामैत्री बनाउने कानुन पारित गराएका थिए । अहिले दर्जन बढी सांसदहरू बच्चासहित संसद आउँछन् । केही समयअघि मात्र न्यूजिल्याण्ड प्रधानमन्त्रीले गर्भवती हुँदा विदा लिएकी थिइन् ।

उनी प्रधानमन्त्री हुँदा बच्चा पाउने पाकिस्तानकी बेनेजिर भुट्टोपछिकी दोस्रो महिला हुन् । केही समयअघि न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले संयुक्त राष्ट्र संघको बैठकमा नै बच्चालाई दूध चुसाएको भिडियो भाइरल भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७