पार्टीभित्रको ‘तनाव’ हटाउन खुमलटारमा प्रचण्ड-नेपाल भेटवार्ता


६ भाद्र २०७६, शुक्रबार
Prachanda madhav

काठमाडौं, ६ भदौं । पार्टी एकताका काम अघि बढिरहेको भए पनि पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तनावको अवस्था देखिएको छ ।

प्रधानमन्त्री एमव् पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जानुअघि ओली र माधव नेपालबीच देखिएको चर्काचर्की र तनावपूर्ण विदाइका कारण पार्टीमा असहजता पैदा भएको छ । यहि असहजताको अवस्थामा हटाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहजीकरणको पहल थालेका छन् ।

प्रधानमन्त्री ओली सिङ्गापुर रहेका बेला अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा बोलाएर नेता नेपालसँग शुक्रबार दुई घण्टा छलफल गरेका छन् । दुई नेताबीच शुक्रबार पार्टीका विषयमा गम्भिर छलफल भएको छ’, अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा भने ।

बिहीबार भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सचिवालयमा तीन नेता थप्नु पर्ने, वरियताका विषयमा पुनर्विचार गरिनु पर्नेलगायतका विषयमा चर्काचर्की भएको थियो । बिहीबार नै अध्यक्ष ओली उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन्।

अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गरेको भोलिपल्टै अर्का अध्यक्ष प्रचण्डले नेता नेपालसँग छलफल गरेका हुन् । दुई नेताबीचको भेटवार्तालाई चासोका साथ हेरिएको समेत छ । तर, अध्यक्ष प्रचण्ड र नेता नेपालबीच के कस्ता विषयमा छलफल भए भन्ने कुरा बाहिर आएको भने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७