बुकिङ खुल्यो टाटा एच फाइभको, नाडा अटो शोमा सार्बजनिक हुने


६ भाद्र २०७६, शुक्रबार
1566546672H5 1

काठमाण्डौ, ६ भदौ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ्ग आज देखि खुला भएको छ। नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि का अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुने छ।


भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन नपरे १२० प्रतिशत बुकिङ्ग रिफन्ड गर्ने जनाएको छ ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७