‘प्रतिनिधि त आए पारा पुरानै’ स्थानीय तहको हालत उस्तै


५ पुष २०७४, बुधबार
kursi hakim

काठमाडाैं : कतै गाउँ नगर परिषद हुन सकेन, कतिपय स्थानमा कार्यकारीी अधिकृत छैनन् विकासका काम नभएपछि निराशा लामो समयदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय तहले ५ महिनाअघि नेतृत्व पाए । आजको कान्तिपुरमा खबर छ ।kursi hakim

यसअघि कर्मचारीका भरमा मात्र चलकाले विकासका माग हुन नसकेको गुनासो व्यापक थियो ।

तर प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन । विवाद र प्रतिनिधिबीच बेमेलले गाउँ नगर परिषदसमेत हुन सकेको छैन ।

दलीय दम्भको चेपुवाः
झापाको गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिका दलीय दम्भ का कारण अनिर्णयको बन्दी बनेका छन् ।
नगर गाउँ परिषद्सम्म हुन सकेको छैन । दुवै तहमा नेतृत्व र बहुमत भिन्नभिन्नै दलको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७