मदिरा उद्योग खोल्न मन्त्रिपरिषदको अनुमति चाहिने


६ भाद्र २०७६, शुक्रबार
Cabinet Meeting 1

काठमाडौं,६ भदौं । मदिरा उत्पादनसम्बन्धी कुनै पनि उद्योग खोल्न मन्त्रिपरिषदको अनुमति चाहिने भएको छ ।

 

शुक्रबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पारित गरेको औद्योगिक व्यवसाय विधेयक २०७५अनुसार माइक्रोब्रुअरी, बियर, मदिरा वा मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग खोल्न मन्त्रिपरिषदबाट अनुमति लिनुपर्ने हुन्छ ।


ठूला रेष्टुरेण्टहरुले माइक्रोब्रुअरी स्थापना गर्न चाहेमा पनि मन्त्रिपरिषदबाट अनुमति लिनुपर्ने ब्यवस्था राखिएको छ । प्रस्तावित विधेयकमा माइक्रोब्रुअरी खोल्न अनुमति लिनुनपर्ने व्यवस्था थियो । यसलाई संशोधन गरी समितिले माइक्रोब्रुअरी (रेष्टुरेन्टले सानो मात्रामा आफै अल्कोहल उत्पादन गर्ने उद्योग) स्थापना गर्न मन्त्रिपरिषदकै अनुमति लिनुपर्ने प्रावधान राखेको हो ।

सरकारले मापदण्ड तयार गरेरै माइक्रोब्रुअरी सञ्चालनको अनुमति दिएको छ । उत्पादित बियर आफ्नो रेष्टुरेन्ट भन्दा बाहिर बजारमा बिक्री गर्न नपाउने, माइक्रोब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम ७ प्रतिशतसम्म हुनुपर्ने जस्ता प्रावधान उक्त मापदण्डमा राखिएको छ ।

यो विधेयक ऐन बनेर कार्यान्वयनमा आएपछि ठूला रेष्टुरेन्टहरुले मन्त्रिपरिषदबाट अनुमति लिएर मात्रै माइक्रोब्रुअरी स्थापना गर्नुपर्ने हुन्छ ।

यस्तै, समितिले हातहतियार, गोलीगठ्ठा, बारुद, वा विस्फोटक पदार्थ सम्बन्धी उद्योग खोल्न पनि मन्त्रिपरिषदको अनुमति लिनुपर्ने ब्यवस्था राखेको छ ।

मन्त्रिपरिषदबाट अनुमति लिनुपर्ने उद्योगहरु

हातहतियार, गोलीगठ्ठा, बारुद, वा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग
आणविक शक्ति (एटोमिक इनर्जी, विकिरणजन्य सामग्री )रेडियो एक्टिभ म्याटेरियल्स उत्पादन गर्ने उद्योग (यो उद्योग नेपाल सरकारले मात्रै सञ्चालन गर्न सक्नेछ ।)
माइक्रोब्रुअरी, बियर, मदिरा वा मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग
८ प्रकारका उद्योग खोल्ने अनुमति औद्योगिक प्रर्वधन बोर्डबाट

विभिन्न ८ प्रकारका प्रकारका उद्योगहरु खोल्ने अनुमति दिने अधिकार औद्योगिक प्रर्वधन बोर्डलाई दिइएको छ ।

१.सुरक्षात्मक छपाई ९सेक्युरिटी प्रिन्टिङ, मुद्रा तथा सिक्का उत्पादन गर्ने उद्योग,
२.चुरोट, बिँडी, खैनी, सिंगार तथा सुर्तिजन्य पदार्थ मुख्य कच्चा पदार्थ हुने एवं विद्युतीय चुरोट उत्पादन गर्ने उद्योग,
३. ढुंगा, गिट्टी, बालुवा उत्खनन, प्रशोधन गर्ने उद्योग,
४। रेडियो सञ्चारसम्बन्धी उपकरण उत्पादन गर्ने उद्योग,
४। बहुमूल्य खनिज तथा पेट्रोलियम पदार्थ उत्खननजस्ता उद्योग
६.लिक्वीफाइड पेट्रोलियम ग्यास (एल.पी.जी) रिफिलिङ गर्ने उद्योग
७ ड्रोन उत्पादन वा ड्रोनको माध्यमबाट सेवा प्रवाह गर्ने सबै प्रकारका उद्योग,

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७