एनएफपीजेले ‘नेपाल दर्शन-२०२०’ फोटो प्रतियोगिता गर्दै


६ भाद्र २०७६, शुक्रबार
nfpj

काठमाडौं, ६ भदौं । तस्विरहरुको माध्यमबाट नेपालको सँस्कृति र प्रकृतिलाई देश–विदेशमा प्रचार गर्नका लागि ‘नेपाल दर्शन–२०२०’ फोटो प्रतियोगिता आयोजना हुने भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आउँदो असोज १० गते विश्व पर्यटन दिवसको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एनएफपीले तस्विरको माध्यमबाट नेपालको प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा, धार्मिक वस्तुस्थिति, पुरातात्विक र ऐतिहासिक धरोहरहरु, हिमाल, पहाड र तराईको भौगोलिक विबिधता र यहाँका विभिन्न जातजातिहरुको मौलिक सँस्कृतिलाई प्रतियोगितामा स्थान दिइने जनाएको छ ।

नेपालका यी सँस्कृति र प्रकृतिलाई विश्वमाझ फैलाउँदै पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगीले भदौ ३१ गतेको मध्यरातसम्ममा फोटो पठाइसक्नु पर्नेछ जनाइएको छ ।

विजेताको घोषणा असोज १० गते विश्व पर्यटन दिवसको अवसरमा गरिने एनएफजीजेले जानकारी दिएको छ । यस प्रगियोगिताका सहभागीहरुको उत्कृष्ट फोटोकोलाई छनौट गरी प्रथम, द्वितीय र तृतीय घोषणा गरी क्रमशः नगद रु. २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिने छ ।

त्यसै गरी सात वाटै प्रदेशका प्रदेशस्तरीय फोटोलाई पनि उत्कृष्ट घोषणा गरिने छ । उत्कृष्ट घोषित सात प्रदेशका सात जानलाई नगर रु १०–१० हजारसहित प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । यस्तै हरेक प्रदेशका उत्कृष्ट २० फोटोहरुलाई फोटो पुस्तकमा समावेश गरिने छ ।

प्रतियोगिताका बारेमा थप जानकारीका लागि राष्ट्रिय फोटो पत्रकार समूहको आधिकारिक वेभसाइटमा (एनएफपीजे नेपाल डटकम ) हेर्न सकिने छ । प्रतियोगितामा सहभागी हुनेहरुले २०७६ भदौ ३१ गतेसम्म एनएफपिजेको कार्यालयको इमेल [email protected] मा पठाई सक्नु पर्नेछ ।

यससम्बन्धि विस्तृत जानकारीको लागि राष्ट्रिय फोटो पत्रकार समूहको आधिकारिक वेवसाइट www.nfpjnepal.com मा लगअन प्राप्त गर्न सकिने जनाइएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७