राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेन सुजल श्रेष्ठ, को-को छन् टिममा ?


६ भाद्र २०७६, शुक्रबार
Sujal Shrestha Nepal team captain of football

काठमाडौं, ६ भदौ :  राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेनमा सुजल श्रेष्ठ चयन भएका छन् । मलेसिया च्याम्पियन जोहर दारुल ताजिमसँग हुने मैत्रिपूर्ण खेलमा नेपालीको कप्तानी श्रेष्ठले गर्ने भएका हुन् ।

विश्वकप छनोटको दोस्रो चरणमा कुवेतसँग खेल्नु अघि नेपालले मलेसिया च्याम्पियनसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ । किरण लिम्बु र रोहित चन्द विदेशी लिगमा रहेको र विराज महर्जन टिममा नपरेपछि सुजनले कप्तानीको अवसर पाएका हुन् ।

मलेसिया जाने नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन्।

त्यसैगरी मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७