खेमराज स्रष्टा सम्मान रामेशलाई


६ भाद्र २०७६, शुक्रबार
Khemraj Gurung

काठमाडौं, ६ भदौ : लोकप्रिय गायक स्व. खेमराज गुरुङको नाममा स्थापना गरिएको खेमराज गुरुङ ट्रस्टले स्व. गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ ।

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, एक जुगमा एकदिन एकचाटि आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्मान प्रदान गरिएको हो ।

विगत पाँच दशकभन्दा लामो समयदेखि जनपक्षीय गीत/संगीतमार्फत पुर्‍याएको योगदानको उच्च कदर रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्न सम्शेर थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको थियो ।

Sham tamot

त्यस्तै ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार सुसन लामालाई प्रदान गरेको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाका लामा २०४७ सालमा प्रतिभाको बडलीमार्फत सिर्जना यात्रामा लागेका हुन् । यसअघि प्रतिभा सम्मान पहिलो स्मृति दिवसमा गायिका मेलिना राई र गत वर्ष संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न स्मृति सभामा प्रतिष्ठानमा सदस्य–सचिव श्याम तमोट, सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङलगायत अतिथि रहेका थिए ।

चर्चित गायक राजेश पायल राईले ट्रस्टकोतर्फबाट स्वागत गर्दै खेमराजको स्मरण गरेका थिए । कार्यक्रम ट्रस्टका संरक्षक एवं स्व. गुरुङका आमा तुलसीमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७