२०७६ भदौं ७ गते शनिबारको तपाईको राशिफल


७ भाद्र २०७६, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा शान्ति र अनुहारमा कान्ति छाउँला । दाम्पत्य जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । भोज भतेरमा सहभागी भइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउँला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । प्रेममा विवाद पनि रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
छोटो दूरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाइने छ । शुभकार्यको चर्चा चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ती खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । सरकारी निकाएको भय रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । दैनिक कार्यमा सफलता पाइने छ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । रचनात्मक काममा जुट्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
न्यायिक कार्यमा सफलता मिल्ने छ । साँस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । लाभदायक यात्रा रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कुटुम्बको सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७