रानी मुखर्जीले ल्याइन् ‘हिच्की’को ट्रेलर


५ पुष २०७४, बुधबार
rani mukharjee

 काठमाडाैं : अभिनेत्री रानी मुखर्जीले  फिल्म ‘हिचकी’काे ट्रेलर भर्खरै सार्वजनिक गरेकी छिन् ।बिवाहपछि फिल्मी करियरबाट विश्राम लिएकी उनी फिल्म ‘हिचकी’बाट बलिउडमा कमब्याक गरेकी  हुन् । फिल्म शिद्धार्थ पि मल्होत्राले निर्देशन गरेका हुन् ।फिल्म हिच्की फेबररी २३ सन् २०१८ मा रिलीज हुने भएको छ ।rani mukharjee

यस फिल्ममा उनी शिक्षिकाको भूमिकामा देखा परेकी छन् । तर उनलाई हिच्कीको समस्याले सताईरहेको हुन्छ । उनको यस्तो समस्या अथवा बिरामले उनीलाई जागिर मिलिरहेको हुँदैन ।

धेरै संधर्षका बाबजुत उनलाई एक विद्यालयमा शिक्षिकाको जागिर मिल्दछ । उनीले गरिब विद्यार्थीहरुलाई पढाउनु पर्ने हुन्छ । तर फेरी अर्को समस्या खडा हुन्छ, उनलाई विद्यार्थिहरुले सजिल्यै अपनाउँदैनन् । त्यसपछि फिल्मको कहानीले अलग रुप लिन्छ । शुरुमा ती बिद्यार्थी उनलाई धेरै सताउन्छन् । रानीले ती बच्चाहरुलाई साथ दिन्छिन् र बिस्तारै बिद्यार्थीहरुमा परिवर्तन आउदछ ।

यशराज फिल्म्स्को व्यानरमा बनेको यो फिल्ममा रानीले आफ्नो बाल्यकालको भोगाई समेटेको बताइन्छ । उनी स्कुले जीवनमा भकभकाएर बोल्ने गर्थिन् । यसरी भकभकाउने भूमिकामा यसपाली रानीले अभिनय गरेकी छिन् । एक अन्र्तवार्तामा जनाए अनुसार २२ बर्षको उमेरसम्म रानी भकभकाएर बोल्ने गर्थिन् ।

भनिहालौं, रानीले आदित्य चोपडासँग बिवाह गरेकी थिइन् । आदित्य फिल्म निर्माताख र निर्देशक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७