वीरगञ्जको ग्यास उद्योगमा आगलागी हुदाँ दुईको मृत्यु, ६ घाइते


५ पुष २०७४, बुधबार
Birjunj

काठमाडौं : वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेको छ । बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले राससलाई बताउनुभयो । यद्यपि पर्सा प्रहरीले मृत्युबारे पुष्टि भने गर्न नसकेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाैं पठाइएको छ ।

बिहान ६ बजेतिर प्लान्टमा ग्यास लिकिज भएर आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली गराइएको छ ।Birjunj

हालसम्म आगो नियन्त्रणबाहिर गएपछि आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र वीरगञ्जस्थित महावाणिज्य दूतावासले भारतको रक्सौलबाट मगाएको थप एक अर्को दमकल झिकाइए पनि भीषण आगलागीका कारण घटनास्थलसम्म दमकल जान सकेको छैन । भने ग्यास भण्डारण गरिएको आगो बलिरहेकाले आगो नियन्त्रणमा लिन नसिकएको बारुणयन्त्रका कर्मचारीले बताएका छन् ।

सो आगलागीमा अन्य कति व्यक्ति हताहत भएको र के कति सम्पत्ति जलेर नष्ट भएको सो खुल्न सकेको छैन । सो आगलागी नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी प्रयासरत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७