भारतीय पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन


७ भाद्र २०७६, शनिबार
arun jaitley black

काठमाडाैं, ७ भदौ : भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ। शनिबार दिउँसो १२ बजेर ७ मिनेट जाँदा उनको अखिल भरतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा ६६ वर्षको उमेरमा निधन भएको हो।

श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका थिए। उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो।  ६६ वर्षे भाजपाका पाका नेता जेटली सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका थिए। एक वर्षअघि एम्समै उनको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। 

उनी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकरमा अर्थमन्त्री थिए। जेटलीलाई दोस्रोपटक प्रधानमन्त्री बनेका मोदीले आफ्नो सरकारमा पुनः मन्त्री बनाउन चाहन्थे तर पत्र लेखेर जेटलीले स्वास्थ्यमा समस्या भएकाले कुनै जिम्मेवारी नलिने बताएका थिए।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७