तीजको रमाइलोमा पुगेका रोक्का पोखरीमा मृत्त भेटिए


७ भाद्र २०७६, शनिबार
Death

बुटवल, ७ भदौं । गए राति छिमेकमा तीजको रमझममा पुगेका दाङ्गका एक व्यक्ति शनिवार विहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

विहान पौने ९ बजेको समयमा मानव निर्मित ड्याम (तलाउ) मा डुबेको अवस्थामा घोराही उपमहानगरपालिका–१८ गिठेपानीका ५० बर्षीय देउचन रोका मृत फेला परेको दाङ्गका प्रहरी प्रवक्ता डीएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

‘उनी गए राति साँझ छिमेकमा तीजको नाच हेर्न गएको भन्ने बुझिएको छ । उनको मृत्यु शंकास्पद देखिएको छ,’ डीएसपी शाहले भने, ‘यस घटनाबारे गम्भीर अनुसन्धान गरिने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७