पत्रकार पुडासैनी प्रकरण : रवि पत्नी निकितामाथि पनि अनुसन्धान !


७ भाद्र २०७६, शनिबार
nikita and rabi

काठमाडौं, ७ भदौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी प्रकरणको दुई साता समय गुज्रिसकेको छ ।

यसबीच थप नयाँ घटना तथा परिघटनाहरु पनि देखिएका छन् । यसै प्रकरणमा छानबिनका क्रममा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेलमाथि पनि छानबिन गर्न थालेको छ ।

केही दिनअघि रविलाई हिरासतमा खाना खुवाउन भनेर गएका बेला रविको ‘भ्वाइस रेकर्ड’ गरेर सार्वजनिक गरेको आरोपमा उनीमाथि छानबिन हुने भएको हो । सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वाग्रही भएर छानबिन गरेको आरोप लगाइएको छ ।

रविले मृतक पत्रकार पुडासैनीका परिवारलाई मल्लले बोलाएर आफूविरुद्ध हिटानी जाहेरी दिन लगाएको पनि उल्लेख गरेका छन् । प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अभियोगबारे बोल्न मिल्दैन ।

तर, गैरकानूनी रुपमा प्रतिबन्धित काम गरेको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्ने भएको हो । निकिताले खाना खुवाउने क्रममा रविको अडियो रेकर्ड गरेर बाहिर दिएको पुष्टि भएको चितवन प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् ।

अनुसन्धान प्रभावित पार्ने नियतले प्रतिबन्धित काम गरेको अभियोगमा छानबिन थाल्ने जनाइएको छ । यो बीचमा एक जना अर्का पत्रकार टेक नारायण भट्टराईले पनि अडियो बाहिर ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७