किर्गीस्तानलाई भलिबल च्याम्पियनसिपको उपाधि (भिडियो)


७ भाद्र २०७६, शनिबार
highligts । Kyrgyzstan vs Uzbekistan VOLLEYBALL CHAMPIONSHIP 2019 ।

काठमाडौं, ७ भदौ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि किर्गीस्तानले जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तान च्याम्पियन बनेको हो ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा किर्गीस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ को सेटमा हरायो । च्याम्पियनसिपमा दुवै टोली अपराजित रहदै फाइनल पुगेका थिए ।

सेमिफाइनलमा किर्गीस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो । यस्तै उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो । एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले नेपालमा पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएका थिए ।


च्याम्पियनसिपमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौंथो भएको थियो ।

यस्तै नेपालले पाँचौं स्थान हासिल गरेको छ । पाँचौं स्थानको लागि भएको खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो । अफगानिस्तानले छैटौं स्थान हासिल गर्दा बंगलादेश पुछारमा रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७