प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने, सात पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने


८ भाद्र २०७६, आईतवार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 2

काठमाडौं, ८ भदौं । सिंगापुरमा स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सात पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको थियो । यही अवस्था रहने भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टिबढी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस विधि प्रयोग गरिन्छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७