हदबन्दी छुटको नाममा जग्गाको दुरुपयोग


८ भाद्र २०७६, आईतवार
jagga khet jamin dU0vqz7DNq
प्रतिकात्मक तस्विर

काठमाडौं, ८ भदौं । हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनीलगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओकट्दै आएका छन् । ती जग्गा कुन अवस्थामा छन् भन्ने विवरण सरकारसँग छैन ।

हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै दुरुपयोग भएपनि मन्त्रालय बेखबर छ । मन्त्रालयका उपसचिव लिलानाथ दाहालले हदबन्दी जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए ।

सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७