‘गलफ्रेण्ड’ भेट्न पत्रकार पुडासैनीको छुट्टै भाडाको कोठा, कोठामा भेटियो यस्ता सामान


८ भाद्र २०७६, आईतवार
salikram

काठमाडौं, ८ भदौं । चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेण्ड’ सँग भेट्न छुट्टै कोठा भाडामा लिएको नयाँ तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो ।

पुडासैनीले एक जना केटीसँग खिचेको फोटो, लालपुर्जा, शेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७