बार्सिलोना विरुद्ध फिफामा एथ्लेटिको मड्रिडले दियो उजुरी


५ पुष २०७४, बुधबार
99280596 griezmannbody getty

एजेन्सी: एथ्लेटिको मड्रिडले बार्सिलोना विरुद्ध विश्व फुटबलको प्रशासकीय निकाय फिफामा उजुरी गरेको छ । आफ्नो क्लबका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई बार्सिलोनाले गैरकानुनी रुपमा अनुबन्धका लागि प्रस्ताव गरेको भन्दै एथ्लेटिको मड्रिडले फिफामा उजुरी दिएको हो ।99280596 griezmannbody getty

२६ वर्षका फ्रान्सेली स्ट्राइकर ग्रिजम्यानले यो वर्षको सुरुमा एथ्लेटिको मड्रिडसँग नयाँ सम्झौता गरेका थिए । यो सम्झौता अनुसार उनी सन् २०२१–२२ सिजनको अन्त्यसम्म एथ्लेटिकोमै रहने छन् । तर पछिल्लो समय उनी एथ्लेटिकोबाट बाहिरिन चाहेको र बार्सिलोनाले उनमा चासो देखाएको खबर आएका थिए । यस्तै उनको नाम म्यानचेस्टर युनाइटेडसहित अरु केही क्लबसँग पनि जोडिएको छ ।

तर एथ्लेटिको मड्रिडले फिफामा बार्सिलोना विरुद्ध मात्रै उजुरी गरेको छ । बार्सिलोनाले ग्रिजम्यानका नजिकका व्यक्ति तथा परिवारका सदस्यसँग कुरा गरेको दाबी गर्दै आएको छ ।

ला लिगा क्लब एथ्लेटिको मड्रिडले बार्सिलोनाको व्यवहारले फिफाको नियम उल्लंघन भएको भन्दै उजुरी दिएको हो । फिफाका प्रवक्ताले एथ्लेटिकोबाट उजुरी प्राप्त भएको पुष्टि पनि गरेका छन् । बार्सिलोनाले यसबारेमा केही बताएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७