नेपाल प्रहरीका एसएसपी सरुवाको तयारी


८ भाद्र २०७६, आईतवार
Nepal police

काठमाडौं, ८ भदौं । नेपाल प्रहरीमा एसएसपी तयारीको अन्तिम गृहकार्य चलिरहेको छ । केही महत्वपूर्ण कार्यालयमा सरुवा हुन चाहने अधिकारीहरुको चलखेलका कारण गृह मन्त्रालयले निर्णय गर्न नसकेको स्रोतले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर, ट्राफिक महाशाखालगायतमा धेरै एसएसपीको दौडधुप छ । ललितपुर परिसरमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवालीलगायत एसएसपी आकांक्षी छन् ।

त्यस्तै ट्राफिक महाशाखामा एसएसपी बसन्त पन्तको करिब डेढ वर्ष भइसकेको छ । संघीय प्रहरी इकाई तथा प्रादेशिक तालिम केन्द्रहरुमा केही इञ्चार्जहरुको पनि हेरफेर हुँदैछ ।

एसएसपी सरुवाका लागि एक महिनादेखि नै गृहकार्य हुँदै आएको खबर दृष्टि साप्ताहिकले छापेको छ । केही दिनभित्रै निर्णय हुने गृहका एक उच्च अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७