पुडासैनी आत्महत्या प्रकरण : अस्मिताको बयान सकियो, रवि र कँडेलको बयान भोलि मात्र

रविसहित तीनै जनालाई हिरासतमै फर्काइयो


८ भाद्र २०७६, आईतवार
Ravi 7 1

चितवन, ८ भदौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्की (रुकु) को बयान लिने काम सकिएको छ ।

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भए पनि बयान नसकिएका कारण उनीहरु पुनः प्रहरी हिरासतभित्रै बस्नु पर्ने भएको छ ।

बाँकी न्यूज २४ का प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट मात्र बयान लिन शुरु गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन शुरु गरेको हो ।

पत्रकार शालिकरा पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

१ नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान शुरु भएको हो । तीन जनाकै बयान लिने काम सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि मात्र उनीहरुलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निक्र्यौल हुन्छ ।

साउन २० गते राति नारायणगढको एक कंगारु होटलमा माउण्टेन टिभीमा कार्यरत पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा रवि लामिछानेसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

प्रहरीले रवि लामिछानेलगायत गिरफ्तार व्यक्तिहरुलाई शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अर्थात दुरुत्साहन अभियोगमा मुद्दा चलाउन अनुसन्धान गरेको हो । उनीहरु साउन ३० गते काठमाडौंबाट समातिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७