सांसदको पर्स लुटेको आरोपमा पक्राउ


८ भाद्र २०७६, आईतवार
arrest 1

काठमाडौं, ८ भदौं । राजधानीको व्यस्त शहर न्यूरोडमा सांसद भावना सुवेदीको पर्स लुटेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दका अनुसार, सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

यसअघि २६ साउनमा न्यूरोडमा सुवेदीको झोलाबाट अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटिएको थियो । तर, पक्राउ परेका युवकको साथबाट ती कागजपत्र बरामद भएका छन् कि छैनन् भन्ने बारे प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७