यति एयरलाइन्सले विद्युतीय भ्यान चलाउने


८ भाद्र २०७६, आईतवार
1566736431yati

काठमाडौं, ८ भदौ ।नेपालको पहिलो कार्वन न्युट्रल एयरलाइन्स यति एयरलायन्सले विद्युतीय भ्यान प्रयोग गर्ने भएको छ।  एयरलाइन्सले दैनिक सेवा प्रवाहको क्रममा प्रयोगमा ल्याउने पेट्रोलियम इन्जिनवाला भ्यान हटाएर विद्युतीय भ्यान प्रयोगमा ल्याउने घोषणा गरेको छ।

एयरलाइन्सले यसको शुरुवात गरिसकेको जानकारी दिएको छ। एयरलाइन्सले परीक्षणको रुपमा विद्युतीय भ्यान प्रयोगमा ल्याएको छ।

परीक्षण सफल भएमा एयरलाइन्सले हाल भएका २० वटा पेट्रोल इन्जिन गाडीलाई महिन्द्राको इ(सुप्रो इलेक्ट्रिक भ्यानबाट प्रतिस्थापन गर्ने जानकारी दिएको छ।

विमानस्थल र आसापसका अन्य सेवामा प्रयोग हुने पेट्रोलियम इन्धनका गाडीबाट हुने वातावरणीय नोक्सानी कम हुने एयरलाइन्सको विश्वास छ। सयुक्त राष्ट्र संघीय वातावरण संरक्षण एजेन्सीका अनुसार संसार विशेष यात्रुबाहक सवारीसाधनबाटमात्र वर्षमा ४.६ मेट्रिकटन कार्बनडाइक्साइड उत्सर्जन हुने गरेको छ।


एयरलाइन्सले वातावरण संरक्षणका लागि सरकार र सयुक्त राष्ट्र संघका अन्य कार्यक्रममा पनि जोडिएको छ। संस्थागत उत्तरदायित्व अन्तर्गत रहेर हरितिकरणका विभिन्न परियोजनामा जोडिएको एयरलाइन्सले जानकारी दिएको छ।

एयरलाइन्सको विद्युतीय भ्यानको उद्घाटन एयरलाइन्सकी प्रबन्ध निर्देशक चन्दा शेर्पा र सयुक्त राष्ट्र संघीय विकास कार्यक्रमककी नेपाल प्रतिनिनिधि आइसानाइ मेडगानगोडा लवेले गरेकी थिइन्।

उक्त अवसरमा एयरलाइन्सकी प्रबन्ध निर्देशक शेर्पाले एयरलाइन्स वातावरण संरक्षणप्तति प्रतिबद्ध भएको बताइन्।

‘विद्युतीय भ्यानको शुरुवात कार्वन न्युट्रालिटीप्रतिको हाम्रो प्रतिबद्धता कति छ भनेर देखाउने अवसर पनि हो। यसको एउटैमात्र इमान्दार उद्देश्य भनेको वातावरणको संरक्षणमात्र हो’उनले भनिन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७