ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायी कर्जा ३ दिनमै दिने


८ भाद्र २०७६, आईतवार
1566736814globlebank 1

काठमाडौं,८ भदौ  । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिन भित्र उपलब्ध गराउने भएको छ ।


कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो । अब उक्त कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन्।

यो कर्जा सुविधा ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत् पाइने छ। यस्तो ऋण नगतप्रवाहको आधारमा ५ लाख देखि देखि ६ करोडसम्म पाइने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७