कार्यविभाजन छलफलका लागि प्रचण्डले डाके नेकपा सचिवालय बैठक


८ भाद्र २०७६, आईतवार
Prachanda

काठमाडौं, ८ भदौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठक डाकेका छन् ।

प्रवास कमिटी, ६ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्य विभाजनबारे छलफल गर्न सचिवालय बैठक डाकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । बैठक भोलि पार्टी कार्यालय धुम्बाराही बस्ने जनाइएको छ ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो ।

यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो । ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए । उपचारको सिलसिलामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७