रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, डीएसपीसहित सात जना घाइते


८ भाद्र २०७६, आईतवार
rabi lamichhane 1

चितवन, ८ भदौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा भएको झडपमा डीएसपीसहित ७ जना घाइते भएका छन् ।

ड्युटीमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीले एक्कासी ढुंगा प्रहार गरेपछि स्थिति तनाबपूर्ण भएको चितवन जिल्दा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन् ।

प्रदर्शनकारीले भरतपुरको चौबीस कोठीमा राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले खुलाउन प्रयास गर्नेक्रममा झडप भएको हो । रविका समर्थकहरुले राजमार्गमा चल्ने सवारी साधन समेत तोडफोड गरेका छन् ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गको सो भाग अवरुद्ध बनेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७