हङकङमा आन्दोलन उग्र, प्रदर्शनकारीमाथि गोली प्रहार


९ भाद्र २०७६, सोमबार
hongkong 3

काठमाडौं, ९ भदौं । हङकङमा सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ । दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको बताइएको छ ।

भिक्टोरिया पार्कमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यस्तै प्रहरी र प्रदर्शनकारीबीच भएको झडप नियन्त्रणका लागि अश्रु ग्याँस समेत प्रहार गरीएको छ । जसका कारण दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । अपराध र बलात्कार आरोपीलाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्नेसम्बन्धी विधेयक ल्याएपछि त्यसको बिरुद्धमा आन्दोलन चर्किएको हो ।

हङकङको प्रदर्शनलाई चीनले भने आतंकबादी हमलाको संज्ञा दिएको छ । बढ्दो तनावकाबीच चीनले हङकङ नजिकैको सेन्झेन शहरमा हजारौ सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ ।
प्रदर्शनकारीहरुले भने सरकारले आफूहरुमाथि ज्यादती गरेको भन्दै आन्दोलन झन चर्काउने चेतावनी दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७