वर्षको उत्कृष्ट गोलकर्ता मेस्सी कि रोनाल्डो,कस्को कति गोल ?


५ पुष २०७४, बुधबार
fondo 1

(ऐजेन्सी) ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने छ ।fondo 1

रियलका खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी दुइ मध्ये सबभन्दा राम्रो को हुन् भन्ने विवादको उचित उत्तर छैन तर डिसेम्बर २३ मा हुने एल क्लासिकोमा यी दुई खेलाडीबीच एक उत्कृष्ट भने निस्कने सम्भावना छ , विजेता सन् २०१७ को सर्वोकृष्ट गोलकर्ताको रुपमा ।
रोनाल्डोले ला लिगामा १९ गोल गरेका छन् भने मेस्सीले २०१७ मा ला लिगामा ३९ गोल गरेका छन् । तर रोनाल्डोले च्याम्पियन लिगमा १९ गोल गर्दा मेस्सीले जम्मा ४ गोल मात्र गरेका छन् । त्यस्तै २०१७ मा रोनाल्डोले पोर्चुगलका लागि ११ गोल गर्दा मेस्सीले अर्जेन्टिनालाई ४ गोल मात्र गर्न सफल भएका छन् । त्यसैले अहिले सम्म मेस्सी र रोनाल्डोको २०१७ मा बराबर गोल छ ।
एल क्लासिकोमा गोल गर्दै एक अर्का लाई उछिन्ने अवसरसंगै सर्वोकृष्ट बन्ने सम्भावना पनि छ । त्यस्तै लेवानड्वोस्की, काभानी र केनलाई पनि २०१७ मा शीर्षस्थानमा रहने अवसर छ । बायर्नले वर्षको अन्तिम खेलमा डर्टमाउन्डको सामना गर्दै छ भने पिएसजीले काएनको । त्यस्तै केनको टोटेनह्यामले बन्र्ली र साउथह्याम्प्टनसँग खेल्नेछ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७