डेंगी लामखुट्टे नष्ट गर्न काठमाडौं महानगर घर–घर पुग्ने


९ भाद्र २०७६, सोमबार
dengu rog

काठमाडौं, ९ भदौं । काठमाडौँ महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रण गर्न काठमाडौँ महानगर घरघरमा पुग्ने भएको छ ।

महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ । महानगर स्वास्थ्य विभागले डेंगी संक्रमण भइसकेपछि खास औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्न र डेंगी लामखुट्टेको वृद्धि रोक्ने अभियान चलाउन लागेको हो ।

अभियान पहिलो चरणमा सोमबारदेखि काठमाडौँ महानगरपालिकाको शोभाभगवती क्षेत्रमा डेंगी फैलाउने एडिस एजिप्टाइ लामखुट्टेको लार्भा नष्ट गर्ने तरिका सिकाउने र टोली आफैंले लामखुट्टको लार्भा खोजी गरेर नष्ट गर्ने जनाएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७