प्रचण्डको अध्यक्षतामा पहिलोपल्ट नेकपा सचिवालय बैठक बस्दै


९ भाद्र २०७६, सोमबार
Prachanda

काठमाडौं, ९ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।

सांगठनीक एकताका निर्णय गर्न पार्टी मुख्यालय धुम्रबाराहीमा दिउँसो १ बजे बैठक बोलाएका हुन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन् ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्य विभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जनाएका छन् ।

प्रधानमन्त्री ओली उपचारका लागि सिङ्गापुर प्रस्थान गरेकोमा पार्टीका अन्य निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७