व्यवस्थित एनआरएनको विकासमा सीताकुमारी पन्त


९ भाद्र २०७६, सोमबार
Sita Kuramri panta

लण्डन, ९ भदौं । आउने १४ सेप्टेम्बरमा गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको नवौ अधिवेशन सम्पन्न हुँदैछ । अधिवेशनबाट नेतृत्व हत्याउनका लागि धेरै उम्मेद्वार र समूहहरु आफ्नो चुनावी एजेण्डा बोकेर मतदातासामु मत मागिरहेको छ ।

नेतृत्व लिनका लागि धेरै उम्मेद्वारहरुले महत्वकांक्षी प्रतिवद्धता गरिरहेका बेला एक सदस्यका उम्मेद्वार सीताकुमारी पन्तले भने एनआरएनलाई व्यवस्थित गर्ने महत्वपूर्ण चुनावी एजेण्डा अगाडि सारेकी छन् ।

स्याङजा जन्मघर भई लण्डनमा स्थायी बसोवास गर्दै आएकी सीताकुमारी पन्तले अव्यस्थित अवस्थालाई सुधार गरी संस्थालाई बलियो र व्यस्थित बनाउने घोषणा गरेकी छिन । ‘झण्डै दुई दशकजति संस्था स्थापना भएको समय पुगिसक्दा पनि एनआरआएन बेलायत अझै व्यवस्थित रुपमा चल्न सकेन ।

एनआरएन व्यवस्थित बनाउनु पर्छ पर्छ भन्ने मेरो पहिलो मान्यता हो’, उनले भनिन्, ‘एनआरएन बेलायतमा कुनै पनि सिस्टम नै छैन । बेलायत जस्तो ठाउँमा कार्यालय, कम्प्युटर प्रणाली नभएर हरेक हिसावमा समस्या छ । संस्थाको सामान्य कुराहरु छैन । यसको विकास गर्नु जरुरी छ । त्यसको विकास गर्नु मेरो उम्मेदवारी हो ।’

एनआरएन विकासका लागि चुनावमा मात्रै तात्ने र अरुबेला वास्ता नगर्ने परिपार्टीलाई पनि अन्त्य गर्नुपर्ने उनको भनाई छ । ‘मैले लामो समयदेखि एनआरएनको चुनावमा भोट हाले । तर एउटा फारम भर्दा पनि हातैले भर्नुपर्ने, कम्प्युटरको कुनै सिस्टम छैन ।

फाराम भर्दा लामबद्ध बस्नुपर्ने तर आधुनिकताको जननी भएको देश बेलायत बसेर त्यसको सिस्टमलाई अंगीकार नगर्दा दुःख पाइन्छ भन्ने उदाहरण देखेको र भोगेको कारण पनि मैले मेरो हैसियतबाट संस्थालाई यसरी टेवा पुर्‍याउन सक्छु भनेर सदस्यमा उम्मेदवारी दिएको हुँ’ उनले भनिन् ।

एनआरएन बेलायतमा अझै पनि कुनै अनलाइन सिस्टम नभएको बताउँदै उनले सदस्यता बन्ने धेरै मानिसहरु इच्छुक हुँदा पनि हातले सदस्यता भर्नुपर्ने, बैंकिङ प्रणाली नहुदाँ सदस्यताको रकम नगद नै दिनुपर्ने जस्ता समस्या रहेको बताइन् ।

‘त्यसलाई सुधार गर्नु आजको आवश्यकता र सबैको माग हो । त्यसैले यस्तो प्रणालीगत कुराहरुको सुधार गर्नुपर्छ’ उनले भनिन्, ‘त्यसैले हामीसँग भएको स्रोत साधनहरु परिचालन गर्नुपर्छ । यहाँ जन्मेका हाम्रा नयाँ पुस्ताहरुलाई परिचालन र समावेश गर्न सके मात्रै संस्था व्यस्थित हुन्छ ।’

सामान्य कुरामा ध्यान नदिएर संस्था माथि उठन नसकिरहेका बेला सदस्यको उम्मेद्वार सीताकुमारी पन्तले गरेको चुनावी प्रतिवद्धतालाई धेरैले मन पराएका छन । सामान्य जस्तो लाग्ने तर, अति महत्वपूर्ण संस्थाको मेरुदण्ड संस्थाको प्रणाली विकासलाई ध्यान दिनु नै सबै भन्दा संस्थाको पहिलो कुरा हो ।

यो गर्छु त्यो गर्छु भनेर ठूलो आवश्वास दिनुको सट्टा यस्ता यथार्थ कुरा उठाए सबैलाई पत्यार हुने मतदाता देउमान जिमी बताउँछन् । ‘महत्वकांक्षी प्रतिवद्धता धेरै सुनियो । त्यस्ता प्रतिवद्धता पुरै गर्न नसक्ने भएकाले चुनावमा मात्रै सीमित हुने गरेको बेला यस्तो प्रतिवद्धता आउनु सुखद पक्ष हो, जिमीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७