अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना


९ भाद्र २०७६, सोमबार
d3

लण्डन, ९ भदौं । बेलायतमा बसोबास गर्ने एक महिलाले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी छन् ।

भोजपुर दिङला स्थायी घर भई बेलायतको लण्डनमा बसोबास गर्ने देशु गोले तामाङले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी हुन् । सुनसरीको धरानस्थित श्याम चोकमा रहेको ङाग्युर ञीङमा ङ्युङने गुम्बामा रहेको ३२ जना बालबालिकाहरूको पठनपाठनका लागि गोलेले ६ लाख ३६ हजार ८ सय रकमको अक्षयकोष स्थापना गरेकी छन् ।

d2

आफ्नै प्रयास र खर्चमा स्थापना गरेको अक्षयकोषलाई भबिष्यमा बढाउँदै जाने लक्ष्य राखेकी छन् । तामाङले अक्षयकोषको राशी ५ करोड पुर्‍याउने लक्ष्य रहेको बताएकी छिन् । नेपाली, अंग्रेजी र बौद्व भाषा शिक्षा लिंदै आएका बालबालिकाहरूको पठनपाठन, लालनपालन सहज होस् भन्नका लागि अक्षयकोष स्थापना गरिएको संस्थापक देशु गोले तामाङले बताइन् ।

आफ्नै नाममा रहेको ‘देशु गोले फाउण्डेसन’ अन्तर्गत रकम सहयोग गरेको र आगामी दिनमा आफ्नो परिवारको कमाई कटाएर निरन्तर सहयोग गरिरहने देशु गोले तामाङले बताइन् । लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल तामाङले आफ्नो नाममा रहेको फाउडेशनमार्फत सहयोग गर्दै आएकी छन् ।

‘बाँकी जीवन पनि समाजसेवामै समर्पित गर्ने लक्ष्यसहित अनाथ बालबालिकाको पठनपाठनमा आफूलाई समर्पित गर्ने सोचले अगाडि बढिरहेको छु’, उनले थपिन्, ‘आफ्नो कमाई र परिवारको गाँस काटेर अनाथहरूको सेवामा लागेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७