सेनाको रु छ अर्ब बेरुजु फर्स्याैट


९ भाद्र २०७६, सोमबार
army

काठमाडौं, ९ भदौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५–७६ मा बेरुजु फर्स्याैटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फर्स्याैट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

आव २०७५–७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फर्स्याैट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उनले बताए । नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फर्स्याैट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ ।

सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु रु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा रु ४४ करोड २० लाख ६० हजार फर्स्याैट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ । पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फर्स्याैटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७