मेयर शाक्यलाई रञ्जु दर्शनाले लेखिन् यस्तो चिठी


प्रकाशित मिति : December 20, 2017

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यलाई विवेकशील पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले चिठी लेखेकी छिन् । महानगरका प्रत्यसी उम्मेदवार समेत रहेकी रन्जुले रानीपोखरी निर्माणका सम्बन्धमा भइरहेका कामबारे जानकारी माग गर्दे चिठी लेखेकी हुन् ।

उनले सेभ नेपाल भ्याली इनिसिएसन नामक संस्थाको तर्फबाट सोमबार एक पत्र लेखेकी छिन् । उनले सूचनाको हक सम्बन्धी ऐन २०६४ को उपयोग गर्दै दर्शनाले २०७२ को भूकम्पबाट क्षति भएको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व भएको न्हु पुखु ९रानी पोखरी० पुननिर्माण सम्बन्धमा जानकारी माग गरेकी हुन्।

रानीपोखरी पुननिर्मर्णको विस्तृत परियोजना रिपोर्ट, पुननिर्माणको योजना, समयावधि र सीमा र पोखरी क्षेत्रमा बन्न लागेका संरचनाबारे उनले जानकारी मागेकी छन्।

प्रतिक्रिया दिनुहोस्