बाबुराम र विप्लवबाट आएका चार नेता नेकपाको केन्द्रीय समितिमा थपिए


९ भाद्र २०७६, सोमबार
nekapa 1


काठमाडौं, ९ भदौ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।

पराजुली र धमला डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी समाजवादीमा एकीकरण गरेपछि नेकपामा आएका थिए ।


राईद्धय भने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७