नेकपामा नयाँ अनुशासन : अब नेताहरु माथि सार्वजनिक टिप्पणी प्रतिबन्ध


९ भाद्र २०७६, सोमबार
nekapa office

काठमाडौं, ९ भदौ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी भित्र नयाँ अनुशासनको व्यबस्था गरेको छ । नेकपाले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको हो ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने यदि बोल्न परेमा पार्टीको आन्तरिक प्रक्रियाबाट जानुपर्ने निर्णय गरेको हो । सार्वजनिक टिप्पणी गरेमा अनुशासनको कारबाही हुनेछ ।


बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले यदि कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ । ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’


यसअघि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै बाझाबाझ गर्दै आएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७