पहिलोपल्ट भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद वैठक, ‘सिङ्गापुरबाटै प्रधानमन्त्रीले मन्त्रीहरुसँग संवाद गर्ने


९ भाद्र २०७६, सोमबार
online cabinet

काठमाडौं, ९ भदौं । मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १२ वा १ बजे सिंहदरबारमा बस्ने सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

आजको मन्त्रिपरिषद वैठक विगतको भन्दा बेग्लै खालको हुनेछ । आजको वैठक ‘भिडियो कन्फरेन्स’ मार्फत सहभागी हुने जनाइएको छ । बैठकमा उपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ कन्फेरेन्समार्फत् बैठकमा सहभागिता जनाउने छन् ।

अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार ९ कार्यसम्पादन नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडिओ कन्फरेन्सिङलगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर गएपछि मन्त्रिपरिषद्को बैठक बस्न नसकेकै कारण महत्वपूर्ण काम नरोकियोस् भनेर सरकारले यो व्यवस्था थपेको हो । यसअघि प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७