नेकपाको विभाग र जनवर्गीय संगठनमा नेतृत्व हेरफेर, कसले के जिम्मेवारी पाए ?


९ भाद्र २०७६, सोमबार
NP KTM

काठमाडौं, ९ भदौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जनवर्गीय संगठन र विभागहरुको इञ्चार्च र सह–इञ्चार्जहरुमा हेरफेरहरु गरेको छ ।

पार्टी मुख्यलय धुम्बाराहीमा बसेको बैठकले केही संगठनमा थप व्यक्ति राखिएको छ भने केहीमा हटाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । राष्ट्रिय सुरक्षा विभागका प्रमुख र उपप्रमुखमा क्रमशः भानुभक्त ढकाल र रामकुमार राईलाई जिम्मेवारी दिइएको छ ।

राईलाई यसअघि खोटाङको सहइञ्चार्जको जिम्मेवारी दिइएको थियो । अब त्यहाँबाट हटाइएको छ । नेकपाको विदेश मामला विभाग उपप्रमुखमा विष्णु रिजाललाई थपिएको छ । नीति अनुसन्धान प्रतिष्ठान सहसंयोजक रमेश धमाललाई राखिएको छ ।

उनी यसअघि ललितपुरको सहइञ्चार्ज थिए । उनले पहिलाको पदबाट हटाइएको छ । प्रादेशिक मामला विभागको उपप्रमुखमा डोरमणि पौडेललाई राखिएको छ । सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईंलाई राखिएको छ । यस विभागमा पहिले धर्मदत्त देवकोटा थिए । अब त्यहाँबाट हटाइएको छ ।

सम्पर्क कमिटीहरुमा कर्णालीको इञ्चार्जमा सत्या पहाडीलाई र सुदूर पश्चिममा वीरमान चौधरीलाई जिम्मेवारी दिइएको छ । यससँगै चौधरी कैलालीको सहइञ्चार्जबाट बिदा भएका छन् । त्यस्तै जनवर्गीय संगठनहरुको सहइञ्चार्जहरुमा पनि नयाँ व्यवस्था गरिएको छ ।

अखिल नेपाल महिला संघको सहइञ्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ ।
आदिबासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सहइञ्चार्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई थप गरिएको छ ।

नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सहइञ्चार्जमा तिकल परियार र बोमलाल विश्वकर्मालाई थप गरिएको छ । प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइञ्चार्जमा महेश्वर दाहाललाई थप गरिएको छ ।

यस्तै जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्जमा खगेन्द्र राईलाई जिम्मेवारी दिइएको छ । खेलकुद महासंघ र सम्बद्ध संगठनहरुको सहइञ्चार्जमा जीवन घिमिरे र अजम्बर कामवाङ, प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपालको इञ्चार्जमा रामकुमारी झाँक्रीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, शिक्षक सम्बद्ध संगठनहरुको सहइञ्चार्जमा हिक्मत कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्जहरुमा पनि थप व्यवस्था गरिएको छ । ताप्लेजुङ जिल्लाको सहइञ्चार्जमा तिलकुमार मेन्याङ्बो सुनसरीको सहइञ्चार्जमा भगवती चौधरी, सिरहाको सहइञ्चार्जमा प्रमोदनारायण यादवलाई जिम्मेवारी दिइएको छ ।

पर्साको इञ्चार्जमा रामचन्द्र साह तेलीलाई राखिएको छ । कास्कीको सहइञ्चार्जमा चुडामणि जंगलीलाई राखिएको छ । जंगली यसअघि गोरखाको सहइञ्चार्ज थिए । त्यहाँबाट हटाइएको छ । कैलालको सहइञचार्जमा दीपक देवकोटालाई राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७