नेकपा विदेश मामिला विभागको उपप्रमुखमा रिजाल


९ भाद्र २०७६, सोमबार
bisnu rijal

काठमाडौं, ९ भदौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य विष्णु रिजाललाई पार्टीको विदेश मामिला विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश मामिला विभागको उपप्रमुखमा रिजाल नियुक्त भएका हुन् ।

नेकपा मुख्यालय धूम्बारहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सोमबार वसेको वैठकले रिजाललाई उपप्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि रिजाल तत्कालिन नेकपा (एमाले)को प्रचार मोर्चाको जिम्मेवारी थिए ।

तत्कालिन एमालेको प्रचार विभागका केन्द्रीय सचिव तथा राजनीतिक मुखपत्र ‘नवयुग’का कार्यकारी सम्पादकको जिम्मेवारी रहेका रिजाल लामो समयदेखि लेखन र पत्रकारितामा समेत संग्लन छन् ।

विदेश मामिलामा लामो समयदेखि कलम चलाउँदै आएका रिजालको सम्पादनमा ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतको अनुभव’ नामक पुस्तक समेत भर्खरै प्रकाशित भएको थियो । रिजाल तात्कालिन प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७