प्रभु साहको राजीनामा अस्वीकृत


१० भाद्र २०७६, मंगलवार
Prabhu Sah CPN

काठमाडौंं, १० भदौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश–२ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ ।

काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्ड समक्ष बुझाएको राजीनामा अस्वीकृत गरिएको हो । नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधानको बाटो खोजिने महासचिव पौडेलको बताएका छन् ।

रौतहटमै पूर्व माओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् । पार्टीले राजीनामा अस्वीकृत गरेको बारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७