दिल्लीको फिरोजशाह कोट्ला मैदानको नाम परिवर्तन हुने


११ भाद्र २०७६, बुधबार
feroz shah kotla

काठमाडौं, ११ जेठ । भारतको दिल्ली स्थित फिरोजशाह कोट्ला क्रिकेट मैदानको नाम परिवर्तन हुने भएको छ ।

दिल्ली जिल्ला क्रिकेट संघले गरेको पछिल्लो निर्णय अनुसार फिरोजशाह कोट्ला मैदानको अब नाम अरुण जेट्ली स्टेडियम हुने भएको हो ।

दिल्ली क्रिकेट संघ पूर्व अध्यक्ष तथा पूर्व अर्थ मन्त्री रहेको जेट्लीको गत साता निधन भएको थियो । उनको स्मृतीलाई कायम राख्न दिल्ली क्रिकेट संघले फिरोजशाह मैदानलाई अरुण जेट्ली स्टेडियम राख्ने निर्णय गरेको हो ।

भारतीय क्रिकेट बोर्डका पूर्व उपाध्यक्ष समेत रहेका जेट्लीले लामो समय दिल्ली क्रिकेट संघको अध्यक्ष भएर काम गरेका थिए ।

स्टेडियमको नामाकरण १२ सेप्टेम्बरमा विशेष समारोहका विच गरिनेछ । यसका साथै सो मैदानमा एउटा स्ट्याण्ड हाल भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा पनि राखिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७