इपिएलमा विराटनगरको तीन विकेटको रोमाञ्चक जित


५ पुष २०७४, बुधबार
criket 1

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विराटनगर वारियर्सले तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा भएको बुधबार भएको खेलमा विराटनगरले पोखरा राइनोज माथि तीन विकेटको रोमाञ्चक जित हात पारेको हो ।criket 1
टस हारेर ब्याटिङमा उत्रेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।

खेलको अन्तिम ३ ओभर रोमाञ्चक रह्यो। १२३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ औं ओभरको खेल सकिदा ३ विकेट गुमाइ ९७ रनको स्थितीमा थियो।

कप्तान पारस खड्का र अंशुमन राथ ४७ रन बनाएर क्रिजमा जमेकाले विराटनगरले सजिलै खेल जित्ने अपेक्षा गरेको थियो। विराटनगरलाई २४ बलमा विराटनगरलाई २६ रनको आवश्यकता थियो।

तर, १७ औं ओभरको पहिलो बलमा पोखराका पाकिस्तानी खेलाडी इसरार उल्लाहले पारस खड्कालाई विकेटकिपर विनोद भण्डारीको हातबाट गराए । यस्तै अनिलकुमार साहलाई शक्ति गौचनको हातबाट क्याच गराउँदै खेलमा रोमाञ्चकता थपे।

१८ औं ओभरको खेल सुरु हुँदा विराटनगर ९९ रनमा ५ विकेट गुमाएको थियो। अंशुमन राथ ४८ रनमा क्रिजमा थिए भने प्रनित थापा उनलाई साथ दिन मैदान आएका थिए।

शक्ति गौचनले फालेको उक्त ओभरको पहिलो बलमा २ रन लिदै अंशुमनले आफ्नो अर्धशतक पुरा गरे भने पाँचौ बलमा शक्तिले भर्खरै क्रिजमा आएका प्रनित थापालाई शुन्य रनमा बोल्ड पारेपछि विराटनगर दबाबमा देखियो।

१२ बल बाँकी हुँदा विराटनगरलाई १८ रन चाहिएको थियो। १९ औं ओभर लिएर राइनोजका सुशान भारी बलिङमा आए। ओभरको दोस्रो बलमा २ रन लिएका अंशुमनले तेस्रो बलमा गरेको सिधा प्रहार सौरभ खनालले मिसफिल्ड गर्दा चौका हुन पुग्यो। त्यस मिसफिल्ड चौकाले राइनोजलाई निराश बनायो।

तर, चौथो बलमा अंशुमन रथ ६० रनमा रन आउट भएपछि फेरी राइनोजलाई जित्ने आशा पलायो। ६१ बलको सामना गरेका अंशुमनले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

अन्तिम ६ बलको खेल बाँकी हुँदा विराटनगरले ७ विकेट गुमाउँदा उसलाई ८ रनको आवश्यकता थियो। बलिङमा आएका शक्ति गौचनको पहिलो बलमा करण केसीले १ रन, दोस्रो बलमा प्रनित थापामगरले चौका, तेस्रो बलमा दुई रन र चौथो बलमा १ रन लिदै २ बल बाँकी छँदा खेल जिताए। प्रनित ९ र करण २ रनमा नटआउट रहे। यस्तै बाबर हयातले २२ रन जोडेका थिए।
पोखराका ताज अलि र इसरार उल्लाहले समान २ विकेट लिए।

पोखराका राजेश पुलामी मगरले सर्बाधिक ३० रन, पाकिस्तानी खेलाडी इसरार उल्लाहले २१, ताज अलि र सुनिल धमलाले समान १८ रन बनाए।

विराटनगरका पारस खड्काले ३ विकेट लिए भने रामनरेश गिरी, बसन्त रेग्मी र अविनाश कर्णले समान १ विकेट लिए।

वराटनगरको यो दोस्रो जित हो । यसअघि मंगलबार भएको खेलमा विराटनगरले ललितपुर प्याट्रियोट्सलाई ६ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७