राष्ट्रिय वाणिज्य बैंकको एकैपल्ट १४ वटा शाखाको उद्घाटन


११ भाद्र २०७६, बुधबार
yuvrak khatiwada
/fli6«o jfl0fHo a}+s zfvf pb3f6g sfo{qmd sf7df8f}F, !! ebf} -/f;;_M sf7df8f}Fdf a’waf/ /fli6«o jfl0fHo a}+s lnld6]8sf] !$ j6f zfvf sfof{nosf] ;+o’Qm pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ cy{dGqL 8f o”’j/fh vltj8f . t:jL/ M /f]zg ;fksf]6f

काठमाडौं, ११ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको एकैपल्ट १४ वटा शाखाको उद्घाटन गरेका छन् । बैकले काठमाडौंमा एक कार्यक्रममा गरी संयुुक्तरुपमा एकैपल्ट १४ वटा शाखाको उद्घाघाटन हो ।

उनले कार्यक्रममा बैंकहरुलाई एकल अंकको ब्याजदरमा कर्जा प्रवाह गर्न सुझाव दिए । मुद्रा स्फ्रिति भन्दा कम नहुने गरी बचतमा ब्याज दिन पनि उनले सुझाव दिए ।

मन्त्री खतिवडाले ब्याजदरमा ध्यान नदिए तरलता अभावमा बैंक तथा वित्तीय संस्था धेरै लामो समयसम्म बस्नुपर्ने बताए । पुँजीगत लाभकर घटाइएको उल्लेख गर्दै डा. खतिवडाले अब बैंकहरुले राम्रो नाफा कमाएर लगानीकर्तालाई खुशी पार्नुपर्ने बताए । पुँजी बजार निरन्तर घटेर तल्लो विन्दुमा पुगेका बेला अर्थमन्त्रीले सुधारका थुप्रै काम गरेको दाबी गरे ।

देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंक पहिलो बैंक बन्न सफल भएको बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं १ मा झापाको चकचकी र मोरङको कर्सिवाबजार, प्रदेश नं २ मा रौतहटको चन्द्रपूर, पर्साको पोखरीया तथा महोत्तरीको बलवाबजार र पिपरामा शाखा विस्तार गरेको छ ।

यस्तै, प्रदेश नं ३ मा मकवानपुरको भिमफेदी र काठमाडौं कोटेश्वर र टोखामा शाखा खोलेको छ ।

यता, गण्डकी प्रदेशमा नवलपुरको टांगीकोट र तनहुको खैरेनीटार तथा प्रदेश नं ५ मा दाङको घोराही, कपिलवस्तु चन्द्रौटा र पूर्तिघाट गुल्मीमा शाखा विस्तार गरेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७